Logo

एमालेबाट निर्वाचित वडाध्यक्ष यादवको निधन



सिरह, १९ चैत । सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडाध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित ५१ वर्षीय यादवको शुक्रबार उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको परिवारले बताएको छ ।

गत फागुनमा काठमाडौँबाट उपचार गरेर आएका वडाध्यक्ष यादव दुई दिनअघि गाउँकै बजार आएको बेला बेहोस भएका थिए । उनलाई थप उपचारका लागि विराटनगर पु¥याईको र उपचारका क्रममा निधन भएको गोलबजार नगरपालिकाका प्रवक्ता उमेश बरालले जानकारी दिए । उनी नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्