बुद्धशान्ति, १९ कार्तिक । खेलकुद विकास समिति बुद्धशान्ति-४ को आयोजनमा भएको वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं.१ ले जितेको छ ।
बुद्धशान्ति-४ मंगलबारे खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा वडा नं.४ लाई ट्राईबेकर मार्फत हराउँदै वडा नं १ ले उपाधि उचाल्न सफल भएको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि ट्राईबेकर मार्फत खेलको निर्णय लिएको थियो ।