Logo

वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेचीनगर-१२ लाई



मेचीनगर, १ असार । वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेचीनगर नगरपालिका वडा नं.१२ ले जितेको छ ।

मेचीनगर-१२ भलिबल समिति सहरेडाँगीको आयोजनामा भएको प्रतियोगितामा मेचीनगर-१० लाई १५-२५, २५-१७, २५-२० र २५ -१९ सेटको अन्तरले हराउँदै आयोजकले उपाधि हात परेको हो ।

उक्त प्रतियोगितको विजेता मेचीनगर-१२ ले ट्रफीसहित नगद १५ हजार प्राप्त गरेको छ भने उपविजेता मेचीनगर-१० ले ट्रफीसहित ८ हजारमा चित्त बुझाएको छ ।

उक्त प्रतियोगिताको मेन अफ द टुर्नामेन्ट आयोजकका प्रवेश लिम्बूू घोषित भएका छन् ।

मेचीनगरका १० वटा वडाको सहभागिता रहेको प्रतियोगितामा मेचीनगर-२ ले तेश्रो स्थान हासिल गरेको आयोजक समितिका अध्यक्ष रोशन कुंवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्