मेचीनगर, ५ फागुन । धुलाबारी बजार क्षेत्र र माथिल्लो मागुरमाडी प्रथम वडा अध्यक्ष कपको उपाधिका लागि भिड्ने भएका छन् ।
फाइनल खेल शनिबार दिउँसो ३:०० बाट कवि शिरोमणी माविको खेलमैदानमा सुरु हुने आयोजकका वडा खेलकुद विकास समिति मेचीनगर-९ का सचिव राजु धिमालले जानकारी दिए ।
सेमिफाइनलमा चयावल्नी क्षेत्रलाई ५-३ ले पाखा लगाउँदै माथिल्लो मागुरमाडी र खुटीडाँगी क्षेत्रलाई २-१ ले पराजित गर्दै धुलाबारी बजार क्षेत्रले फाइनलमा स्थान पक्का गरेका हुन् ।
मेचीनगर-९ वडाले आयोजना गरेको प्रथम वडा अध्यक्ष कपको विजेताले नगद ४० हजार र उपविजेता टिमले नगद २५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र पाउने छन् ।