Logo

वनभोज गएका श्रेष्ठको खाना सर्केर ज्यान गयो



रामेछाप, ५ फागुन । रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर ज्यान गएको छ ।

रामेछाप नगरपालिकाका मेयरका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको ज्यान गएको जिल्ला अस्पताल रामेछापका डा.केशव श्रेष्ठले जानकारी दिए । नगरपालिकाका कर्मचारीले वडा नम्बर ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आज वनभोज आयोजना गरेका थिए ।

खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि जिल्ला अस्पताल पुर्‍याइएको थियो । पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलाई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा ज्यान गएको हो ।

यो घटनापछि वडा नम्बर ७ का अध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए । उनको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्