Logo

वर्तमान सत्ता गठबन्धन केही महिनाभित्रै टुट्छ: डा.कोइराला



काठमाडौँ, १७ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केही महिनाभित्रै वर्तमान सत्ता गठबन्धन टुट्ने दाबी गरेका छन् ।

उनले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने जिकिर गरेका हुन् ।

विपक्षी भएको नाताले कांग्रेसले सत्तामा जान कोसिस गरिरहने र त्यो केही महिनाभित्रै सफल हुने नेता कोइरालाको भनाइ थियो । “…फेरि अर्को गठबन्धन बन्छ केही दिनपछि, केही महिनापछि । पक्कै बन्छ । किन हामी विपक्षमा छौँ,” शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले भने, “हामी कोसिस गरिराखेका हुन्छौँ सत्तामा जानका लागि । त्यो स्वाभाविक हो ।”

उनले गठबन्धन बन्ने र भत्कने विषयले देश नबन्ने बताए । यसलाई रोक्न निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव समेत उनले गरे । “यसरी देश अगाडि बढन सक्दैन,” उनले भने, “हाम्रो निर्वाचन प्रणाली नै यस्तो छ कि कुनै पनि दलको बहुमत आउनै सक्दैन । गठबन्धनमा जानैपर्ने हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्