Logo

वर्तमान सरकारले सोचेजस्तो लय समात्न सकेन: थापा



काठमाडौँ, २२ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले सोचेजस्तो लय समात्न नसकेको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौँमा नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै थापाले तीव्र रूपमा अघि बढ्नुपर्ने सरकाले अझै अलमलमा रहेको र सोचेजस्तो लय समात्न नसकेको बताए ।

थापाले अहिलेको सरकारलाई हिँडेर अघि बढ्ने समयको सुविधा नरहेको बताए । उनले गएको १०-१५ वर्ष खेर फालेको भन्दै अब कांग्रेससमेत सहभागी वर्तमान सरकारलाई गल्ती गर्ने कुनै छुट नभएको जिकिर गरेका थिए ।

पाँच महिनाभित्र सरकारले गति लिन थाल्यो भने लक्ष्यमा पुग्ने महसुस जनतालाई हुने उनको भनाइ छ । उनले अहिलेको अवस्थामा राष्ट्रपति, प्रधानमन्त्रीले नै अनावश्यक खर्च कटौती गरेर अप्ठेरो अवस्थालाई सहज बनाउनुपर्ने बताए ।

थापाले प्रधानमन्त्री र मन्त्रीहरूले फुर्सद नलिई काम गरे सकारात्मक वातावरण बन्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्