Logo

वर्षमान पुनले भने, ‘एमाले पार्टी होइन, कर्पोरेट हाउस हो’



काठमाडौँ, ९ भदौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले पार्टी नभई कर्पोरेट हाउस भएको टिप्पणी गरेका छन् ।

पार्टीको बागमती प्रदेशअन्तर्गतका सबै जिल्लाका समन्वय समिति संयोजक र गाउँपालिका र नगरपालिका अध्यक्षको संगठनात्मक कार्यशालालाई सम्बोधन गर्दै उनले एमाले राजनीतिक पार्टीको चरित्र गुमाएर कर्पोरेट हाउसजस्तो भएको र त्यसको सीईओ केपी ओली र अरु नेताहरु डाइरेक्टर र डेपुटी र डाइरेक्टरको भूमिकामा रहेको पुनले बताए ।

ओली मुख्य नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त र कार्यक्रम विहीन कम्पनीमा रुपान्तरण गरेको उनको भनाइ थियो । अधिकांश एमालेजन पार्टी पार्टीजस्तो नभइ कर्पोरेट कम्पनी भएकोबारे जानकार भए पनि नाफाका लागि उनीहरु एमालेमै बसिरहेको उल्लेख गरे ।

उनले भने, ‘एमाले पार्टी होइन, कर्पोरेट हाउस हो । ओली कर्पोरेट हाउसमा सीईओ र अरु नेताहरु डाइरेक्टर, डेपुटी डाइरेक्टरजस्ता छन्’, एमाले विचार र सिद्धान्तमा नभई नाफा र स्वार्थका लागि चलेको आरोप उनले लगाए ।

प्रतिक्रिया दिनुहोस्