Logo

वर्षाका कारण गाईघाटका सयौँ घर-पसल डुबानमा



उदयपुर, १८ असार । निरन्तरको वर्षाका कारण उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रका सयौँ घर पसल डुबानमा परेका छन् ।

बजार क्षेत्र डुबानमा परेपछि त्यहाँका पसलमा बिक्रीका लागि राखिएका विभिन्न उपभोग्य वस्तु सबै नष्ट भएका छन् ।

पचासौँ लाखभन्दा धेरैको सामान नोक्सान भएको स्थानीय व्यापारीले बताएका छन् । तर क्षतिको यकिन विवरण भने आइसकेको छैन । अहिले पानी केही कम भए पनि अवस्था सहज नभएको र फाट्टफुट्ट पसल मात्रै खुलेका उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोख्रेलले जानकारी दिए ।

मुख्य गरेर गाईघाट बजार क्षेत्रको शान्तिनगर टोल, ज्योति टोल, प्रतिभाटोल र मुख्य बजार क्षेत्रको पुरानो बसपार्क क्षेत्र तथा पिलचौक र सङ्गमटोलका अधिकांश घर र पसल डुबानमा पर्दा पसलमा राखिएका धेरैजसो उपभोग्य वस्तु नष्ट भएको पसल सञ्चालक दीपक कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्