Logo

वर्षाका कारण मुख्य तीन वटा राजमार्ग बन्द, १३ वटा एकतर्फी सञ्चालनमा



काठमाडौँ, १८ साउन । निरन्तरको वर्षाका कारण मुख्य तीन वटा राजमार्ग बन्द रहेका छन् ।

सडक विभागको विवरण अनुसार नारायणगढ-मुग्लिङ, तानसेन-रिडी-कोरला र रारा राजमार्गको खलंगा-जुम्लाखण्ड पूर्ण रुपमा बन्द छ ।

विभागको विवरणमा समावेश देशभरका ९९ सडकमध्ये १३ वटा एकतर्फी सञ्चालनमा छन् । अरु ८३ वटा नियमित सञ्चालनमा रहेका छन् । एकतर्फी सञ्चालन रहेका सडकका विभिन्न ठाउँमा पहिरो गएको छ । खण्डखण्डमा सडक एकतर्फी रहेको सडक विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्