Logo

वर्षाका कारण फोहाेर ढुवानीमा समस्या



काठमाडौँ, १४ असार । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहोर ढुवानीमा फेरि समस्या भएको छ ।

निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म पुग्ने सडक भत्किँदा नियमित रूपमा फोहरका गाडी जान सकेका छैनन् ।

सामान्य अवस्थामा हरेक दिन तीन सयसम्म फोहरको गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए । तर, लगातारको झरीले सडक भत्किँदा अहिले मुस्किलले एक सय गाडीले मात्र फोहर ओसारेका काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् ।

कोल्फु खोलादेखि नै कच्ची सडक रहेको र यसअघि फोहर व्यवस्थापन गर्दै आएको सिसडोल पार गर्दै फोहरकै डङ्गुरबाट गाडी बञ्चरेडाँडा जानुपर्ने हुँदा समस्या भएको प्रमुख राईले बताइन् ।

प्रतिक्रिया दिनुहोस्