काठमाडौँ, ३ भदौ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को दोस्रो राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ संगठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने नारासाथ वाईसीएलको भेला सुरु हुन लागेको हो।
काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भेलाको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ११ बजे उद्घाटन गर्ने वाइसीएलले जनाएको छ ।







