रुस, ९ भाद्र । निजी सैन्य समूह वाग्नर प्रमुख येज्गेनी प्रिगोजिन चढेको दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ ।
दुर्घटनास्थलबाट विमानको ब्ल्याक बक्स र सबै १० जना यात्रुको शव भेटिएको रुसी अधिकारीहरुले जनाएका छन् ।
गएको बुधवार मस्कोको उत्तरपश्चिममा भएको दुर्घटनास्थलबाट १० वटा शव र उडान रेकर्डरहरू फेला पारिएको खबरमा उल्लेख छ। शवहरुको डीएनए परीक्षण गरेपछि मात्रै परिवारलाई औपचारिक रुपमा हस्तान्त्ररण गरिनेछ।







