Logo

वाग्लेको फराकिलो अग्रता कायमै



काठमाडौँ, ११ वैशाख । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै छ ।

कुल २१ हजार २६१ मतगणना सकिँदा वाग्लेले ११२२१ मत प्राप्त गरेका छन् । एमाले र कांग्रेसका उम्मेदवारले पाएको कुल मत भन्दा पनि स्वर्णिमले बढी पाएका छन् ।

मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५८८५ मत तथा एमालेका सर्वेन्द्र खनालले ३४६८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्