काठमाडौँ, १६ पुस । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफूहरू वामपन्थीहरूबीच एकताका लागि सक्रिय भएको बताएका छन् ।
शनिबार काठमाडौँ आयोजित साक्षात्कारमा उनले निर्वाचनले गम्भीर समीक्षा गरेर अघि बढ्न भनेको भन्दै अब आफूहरू वामपन्थीबीच एकताका लागि सक्रिय भएको बताए ।
उनले पुराना दलप्रति जनताको केही वितृष्णा देखिएको उल्लेख गरे । पुराना दलप्रतिको आक्रोशका कारण स्वतन्त्र, जनमत पार्टीहरू नयाँ ढंगले उदाउने परिस्थिति बनेको उनले बताए । बस्नेतले अब नेपालको राजनीति अस्थिरतातर्फ नजाओस् भन्नेतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।
एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई सही दिशामा लैजानका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरेका थिए ।







