Logo

वाम एकता देशकाे आवश्यकता हाे तर नेताहरूले बुझेनन्: खनाल



काठमाडौँ, २० जेठ । नेकपा (एकीकृत समाजवादी) मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मूल नेताहरू नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा भाग लिन नयाँ बानेश्वमा रहेको संसद् भवन पुगेका सम्मानित नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता देशको आवश्यकता भएको पनि बताए । वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका मूल नेता भन्नेहरू नै एकताको पक्षमा नरहेको उनको गुनासो थियो ।

उनले भने, ‘देशको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर आफूलाई वामपन्थी आन्दोलनका मूल भन्ने नेताहरू नै एकताको पक्षमा छैनन् । नेताहरूले एकताको आवश्यकता किन हो? यसको ऐतिहासिकता के हो? भन्ने कुरा नबुझेसम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्