Logo

वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गरौं: प्रचण्ड




काठमाडौँ, १ बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तह निर्वाचनमा वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण मतदातामा आग्रह गरेका छन् ।

नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना दिँदै उनले लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न आग्रह गरेका हुन् ।

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै निर्माण गरिएको नयाँ संविधान कार्यान्वयनका क्रममा दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न हुन गइरहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले सङ्घीयतालाई जनताको घरदैलोसम्म पु¥याउने स्थानीय सरकार निर्माणमा जनताको उत्साहप्रद सहभागिताले वर्तमान राजनीतिक परिवर्तनलाई अझ बढी संस्थागत र समृद्ध तुल्याएको बताएका छन् ।

देश, लोकतन्त्र र संविधानविरुद्ध देखापरेको प्रतिगमनकारी षडयन्त्रलाई चिर्दै मुलुक, लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको प्रतिगमन विरोधी वाम-लोकतान्त्रिक गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको उल्लेख गर्दै अध्यक्ष दाहालले लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति तथा समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको यस गठबन्धनलाई अभिमत प्रकट गर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्