काठमाडौँ, २३ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्य महिला उम्मेदवारलाई छोरी र श्रीमतीको रूपमा प्रचार गरेर महिलाकै अपमान गरिएको बताएका छन् ।
पाँच दलीय गठबन्धनको तर्फबाट आयोजित संयुक्त चुनावीसभालाई आज यहाँ सम्बोधन गर्दै, “कसैलाई छोरी र कसैलाई श्रीमतीको रूपमा कुप्रचार गरेर नकारात्मक प्रवृति देखिइरहेको छ । महिलाको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मानिसको कोसिस छ ।”
उनले त्यस्ता प्रवृत्तिको विरोध गर्दै जहाँ जहाँ महिला कार्यकारी भूमिकामा रहेका छन् ती ठाउँमा राम्रो काम भएको बताए । अध्यक्ष प्रचण्डले पुरुषले देशमा धेरै राज गरे पनि ठूलो परिवर्तन गर्न नसकेको र उनकै भाषामा ‘ठूलो लछारपाटो’ लगाउन नसकेको स्पष्ट पारेक छन् ।