Logo

वार्मअप खेलमा क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य



काठमाडौं, २२ माघ । आईसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ। चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट मैदानमा जारी खेलमा क्यानडाले नेपाललाई १६२ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको हो। क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ४१ रनको योगदान दिए। श्रेयस मोव्वा ३८ रन बनाएर अविजित रहे। १८औँ ओभरमा मोव्वाले आक्रामक ब्याटिङ गर्दै दुई छक्का र एक चौका प्रहार गरी टोलीको स्कोर उकासेका थिए।

कन्वरपाल ताथगुरले २५ रन बनाउँदा जास्करन सिंहले ११ बलमा तीन छक्कासहित २१ रन जोडे। निकोलस किर्तोनले १० रनको योगदान दिए।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने प्रभावशाली देखिए। उनले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए। कुशल भुर्तेलले तीन ओभरमा २६ रन दिएर दुई विकेट हात पारे। सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए।

यसअघि नेपालले पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई सात विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्