Logo

विकासको गतिले तीव्रता पाउँछ: पौडेल



काठमाडौँ, २९ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश एउटा गतिमा अगाडि बढिसकेकाले अब विकासको कामलाई तीव्रता दिने बताएका छन् ।

तनहुँको भानु नगरपालिका-१ स्थित भन्सार युवा क्लबको आयोजनामा सञ्चालित भानु कप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा उनले देशले निकास पाएकाले अब विकासका कामले पनि तीव्रता पाउने उल्लेख गरेका हुन् ।

संविधान निर्माण र संविधानको कार्यान्वयनले गर्दा विकासको काम केही समय रोकिएको बताउँदै वरिष्ठ नेता पौडेलले अब विकासको कामलाई पनि टुङ्गोमा पु¥याउने बताए । “संविधानको पालना गर्नुपर्दा रोकिएका विकासको काममा ध्यान दिन सकेका थिएनौँ, अब तनहुँमा विकासले काँचुली फेर्छ”, पौडेलले भने ।

उनले पाँचदलीय गठबन्धन कायमै रहने बताए । स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल भएको बताउँदै पौडेलले आगामी निर्वाचनसम्म गठबन्धनले निरन्तरता पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्