Logo

विकास गर्न शासक इमान्दार हुनुपर्छ: पूर्वप्रधानन्यायाधीश कार्की



काठमाडौँ, ११ असोज । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकको विकास गर्नका लागि शासक इमान्दार हुनुपर्नेमा बताएकी छन् ।

हिमालय मातृभूमि फाउन्डेसनद्वारा आज आयोजित ‘सुशासन, विकास र समृद्धि लागि राष्ट्रिय अभियान-२०८०’ कार्यक्रममा उनले मुलुकमा सुशासन, विकास र समृद्धिका लागि शासक इमानदार हुनुपर्ने बताएकी हुन् ।

“वर्तमान सरकारको शासनशैली जनतालाई मन परेको छैन, किनभने इमान्दारिता छैन”, उनले भन्नि, “सुशासन, विकास र समृद्धिका लागि शासन इमानदार हुनैपर्छ ।” धेरै बिग्रेको सुधार हुनका लागि समय लाग्ने भएकाले आशावादी हुन आग्रह गर्दै उनले भन्नि, “यही देशको माटोको विकास गर्नुपर्छ, अरूको देशमा जानु भनेको हराउनु हो ।”

उनले देशमा भ्रष्टाचारले जरो गाँडेको उल्लेख त्यसको अन्त्यका लागि दबाब समूह जरुरी भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्