Logo

विकास निर्माणका अधुरा परियोजना पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता



काठमाण्डौ, २५ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका अधुरा परियोजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले परियोजनालाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई ३० अर्ब रुपैयाँ भुक्तानी गरिएको जानकारी पनि दिनुभएको छ । साथै सामाजिक सञ्जाल फेसबुकमा उहाँले विकास निर्माण र आयोजनाको प्रगतिका बारेमा आज सात वटै प्रदेशका मुख्यमन्त्रीसँग ‘एक्शन रुम” बाट भर्चुअल छलफल गर्न लागेको समेत उल्लेख गर्नुभएको छ ।

दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्शन रुमबाट उहाँले मुख्यमन्त्रीसँग संवाद गर्न लाग्नुभएको हो । प्रधानमन्त्री कार्यालयमा रहेको एक्शन रुम अघिल्लो कार्यकालमा ओली आफैँले स्थापना गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्