Logo

विकास निर्माणमा तीन तहको सरकारको सहकार्य आवश्यक: चौधरी



दमौली, ४ असोज । सहरी विकासमन्त्री मेटमणि चौधरीले विकास निर्माणमा तीन तहको सरकारको सहकार्य आवश्यक रहेको बताएका छन् ।

तनहुँको व्यास नगरपालिका-५ मानुङकोट जाने पर्यटकीय मार्गमा गरिएको कालोपत्रको उद्घाटन गर्दै मन्त्री चौधरीले सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यले मात्र विकास निर्माण दिगो हुने उल्लेख गरेका हुन् ।

मन्त्री चौधरीले सहमति र सहकार्यले मात्रै सफलता मिल्ने बताउँदै भने, “सबै मिलेर देशलाई विकास गर्ने हो, विकासको काममा राजनीतिक दल पनि एकजुट हुनुपर्छ ।” सबै नेपालीलाई सुखी बनाउने सरकारको लक्ष्य रहेको भन्दै मन्त्री चौधरीले पर्यटनमार्फत आम्दानीको स्रोत बढाउनेतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्