Logo

विकास निर्माणमा राजनीति नगरौँ: मन्त्री गुरुङ



स्याङ्जा, १६ फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकास निर्माणमा राजनीति नगर्न आग्रह गरेका छन् ।

स्याङ्जाको चापाकोट नगरपालिकाले आज चापाकोट-८ रत्नपुरमा आयोजना गरेको प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालनसम्बन्धी छलफल कार्यक्रममा उनले सो आग्रह गरेका हुन् ।

“विकास निर्माण गर्दा सबैलाई समान ढङ्गले समेट्नु पर्छ, सबै जना हातेमालो गरेर अगाडि बढ्नुपर्छ, यसमा राजनीति गर्नु हुँदैन”, उनले भने । सबै दल मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो ।

एक दलले अर्को दललाई शत्रु ठान्ने प्रवृत्ति बढ्दै जानु गलत भएको मन्त्री गुरुङले उल्लेख गरेका थिए । “पछिल्लो समय नेपाली राजनीतिमा गलत प्रवृत्ति बढ्दै गएको छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्