Logo

विचार चौतारी युवा क्लबद्वारा वडाध्यक्षलाई ध्यानाकर्षण पत्र



मेचीनगर, १३ असोज । विचार चौतारी युवा क्लबले मेचीनगर नगरपालिका वडा नं.१२ वडा कार्यालय समक्ष सडक बत्ती जडान र मर्मतको माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

विचार चौतारी युवा क्लबका अध्यक्ष नेत्रप्रसाद मिश्रको नेतृत्वमा गएको टोलीले वडाध्यक्ष मधुसुदन निरौलालाई वडा भित्रका विभिन्न टोलहरुमा सडक बत्ती जडान नभएको र भएका बत्तीहरु समेत जीर्ण अवस्थामा पुगेकाले ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपालीहरुको महान चाड बडादशैं, शुभदिपाली तथा छठ पर्व जस्ता चाडपर्वहरुको मौका छोपेर विशेष गरी रातको समयमा चोरी डकैतीका घटनाहरु बढ्ने भएकाले वडाका विभिन्न टोलहरुमा सडक बत्तीहरु जडान गर्न र जडान भएका बत्तीहरु समेत बिग्रिएकाले यथाशीघ्र मर्मत गर्न ध्यानाकर्षण गरिएको विचार चौतारी युवा क्लबकी उपाध्यक्ष शिक्षा घिमिरेले जानकारी दिइन् ।

उक्त ध्यानाकर्षण पत्र बुझदै वडाध्यक्ष निरौलाले सडक बत्ती जडान नभएका वडा भित्रका सबै टोलहरुमा चाँडो भन्दा चाँडो बत्ती जडान गर्ने र जीर्ण भएका बत्तीहरुलाई यथाशीघ्र मर्मत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सो ध्यानाकर्षण कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं.१२ का वडा सदस्यद्वय विशुलाल मेचे र मनोज खरेल, नेकपा एमाले मेचीनगर नगरपालिका वडा नं.१२ का अध्यक्ष धनबहादुर तामागं, विचार चौतारी युवा क्लबका उपाध्यक्ष शिक्षा घिमिरे, सचिव इश्वर रिजाल, सदस्यहरु रोहित चम्लागाईं र रबिन बस्नेतको उपस्थिति रहेको थियो ।

उक्त ध्यानाकर्षण कार्यक्रमको सञ्चालन विचार चौतारी युवा क्लबका महासचिव उमेश खतिवडाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्