मेचीनगर, ७ असार । विचार चौतारी युवा क्लब मेचीनगर-१२ ले अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ ।
क्लबले भर्चुअल माध्यमबाट योगका महत्तव र फाइदाहरु विशेष कक्षा आयोजना गरेर मंगलबार योग दिवस मनाएको हो ।
उक्त कार्यक्रमको सहजीकरण पतञ्जली सन्यास आश्रम पतञ्जली योगपीठ हरिद्वारका बहम्मचारी लक्ष्मीकान्त सिग्देलले गरेका थिए ।
सो कार्यक्रममा सिग्देलले योगका महत्तव र फाइदाका साथै सहभागीहरुका स्वास्थ्य समस्याबारे प्रत्यक्ष परामर्श गरेका थिए ।
उक्त अवसरमा सहभागीका तर्फबाट सोनु कोइराला, हरिकृष्ण भण्डारी, गिता अधिकारी, अनुकुल निरौला, लक्ष्मी आचार्य लगायतले आ-आफना जिज्ञासा राखेका थिए ।
विचार चौतारी युवा क्लबका अध्यक्ष नेत्रप्रसाद मिश्रले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव उमेश खतिवडाले गरेका थिए ।