Logo

विचार चौतारी युवा क्लबले गर्यो जनप्रतिनिधिलाई सम्मान



मेचीनगर, ८ असार । झापाको मेचीनगरमा रहेको विचार चौतारी युवा क्लबले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ ।

संस्थाले मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बुधबार नगरपालिका र वडा कार्यालयमै पुगेर सम्मान गरेको हो ।

विचार चौतारी युवा क्लबका अध्यक्ष नेत्रप्रसाद मिश्रको नेतृत्वमा गएको टोलीले मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीसहित वडा नं. ११, १२, १३, बुद्धशान्ति गाउँपालिका वडा नं.३ र अर्जुनधारा नगरपालिका वडा नं.१० का नवनिर्वाचित वडाध्यक्ष र सदस्यहरुलाई सम्मान गरेको क्लबका सचिव इश्वर रिजालले जानकारी दिए ।

सो अवसरमा विचार चौतारी युवा क्लबका कोषाध्यक्ष उत्सव भटटराई, सदस्यहरु रबिन बस्नेत, न्युसन न्यौपाने, रोहित चम्लागाईं, घनेन्द्र मिश्र, गिता अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

उक्त सम्मान कार्यक्रमको सञ्चालन क्लबका महासचिव उमेश खतिवडाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्