Logo

गच्छादरसहित नौ जनाको उम्मेदवारीविरुद्ध परेको रिट खारेज



काठमाडौँ, ३० असोज । कांग्रेस नेता विजयकुमार गच्छादारसहित नौ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ ।

आइतबार न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले रिट खारेज गरिदिएको हो ।

बिहीबार अधिवक्ता अनिल आचार्यले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छादारसहित विभिन्न अभियोग लागेका व्यक्तिहरूको उम्मेदवारी खारेजीको माग गरेर रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्