Logo

विज्ञान तथा गणित प्रदर्शनी प्रतियोगितामा मोहनमाया प्रथम



बिर्तामोड, १७ असार । बिर्तामोड नगरपालिकाले आयोजना गरेको बौद्विक प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत विद्यालय विज्ञान तथा गणित प्रदर्शनी प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालय प्रथम भएको छ ।

बिहिबार आयोजना गरीएको नगरस्तरीय बौद्विक प्रतिभा प्रदर्शनीमा मोहनमाया माध्यमिक विद्यालय प्रथम भएको हो । प्रतियोगितामा वाल्मिकी फाउण्डेसन द्वितीय, तक्षशिला फाउण्डेसन तृतीय र कन्काई आधारभुत माध्यमिक विद्यालय सन्तवना भएका छन् ।

यस्तै नगरपालिकाले आयोजना गरेको अन्तर विद्यालय कविता प्रतियोगितामा वीर अमरसिंह माध्यमिक विद्यालयका प्रकाश निरौला प्रथम भएका छन् । यस्तै एभरेष्ट स्मार्ट एकाडेमी फाउण्डेसनका जस्मिन कडरिया द्वितीय, बालकल्याण आधारभुत माध्यमिक विद्यालयका स्वास्तिका उप्रेती तृतीय र इडन गार्डेन एकाडेमी फाउण्डेसनका इश्वर उप्रेती सान्तवना भएका छन् ।

त्यसैगरी बौद्विक प्रतिभा पहिचान कार्यक्रम अन्तर्गतको अन्तर विद्यालय चित्रकला प्रतियोगितामा सेन्टजेभियर्सकी स्र्मण लिवाङ्ग प्रथम भएका छन् । प्रतियोगितामा न्युटन्स एजुकेशन एकाडेमीकी साल्भी सिवाकोटी द्वितीय, क्रिएटिभ इङ्गलिस एकाडेमीकी फिजा अनसारी तृतीय र मोहनमाया माध्यमिक विद्यालयका राज मल्लिक सान्तवना भएका हुन् ।

उक्त कार्यक्रमका विजेताहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्