Logo

विदेशबाट फर्किएका युवालाई परिचालन गर्न सके आर्थिक अवस्था सुध्रिन्छ: ओली



काठमाडौँ, ११ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवाहरुलाई सही रुपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताएका छन् ।

शनिबार काठमाडौँमा रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले विभिन्न समस्याले विदेशिन बाध्य भएका युवाहरुलाई नेपाल फर्किपछि सहज रुपमा उत्पादन लगायतका क्षेत्रमा परिचालन गर्न सकने मुलुकको आर्थिक अवस्थाका साथै स्थानीय समस्या पनि समाधान हुने बताए ।

स्वदेश फर्किएका नागरिकले देश विदेशमा हासिल गरेका अनुभवहरुलाई स्वदेशमा नै परिपक्व ढंगले सदुपयोग गर्नुपर्ने उनले बताए ।

ओलीले नेपालमा साम्प्रदायिकताको ठाउँ नरहेको र यसको नारा लगाएर समस्याको समाधान नहुने भन्दै मुलुकका सबै ठाँउमा एकतावद्ध भएर सामूहिक ढंगले समस्या बुझ्दै अघि बढ्न रिटर्नी फेडेरेसनलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्