Logo

विदेशबाट शव ल्याउन नसक्ने सरकारलाई रेमिट्यान्स उठाउने अधिकार पनि छैन: खान



काठमाडौँ, १० साउन । जनमत पार्टीका सांसद अब्दुल खानले श्रम गर्न विदेश गएका र दु:खद मृत्युवरण गरेका जनतालाई सरकारले उपेक्षा गरेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले विदेशबाट शव ल्याउन नसक्ने सरकालाई रेमिट्यान्स उठाउने अधिकार पनि नभएको बताएका हुन् ।

उनले शव ल्याउन पहल गर्न नसक्ने राजदूतवास र राजदूत किन राखको भन्दै प्रश्न गरे । “वैदेशिक रोजगारमा गएका मानिसहरू विभिन्न कारणले मृत्यु हुन्छ, शवसमेत हाम्रो देशको सरकारले ल्याउन सक्दैन । यस्तो अवस्थामा राजदूतावास र राजदूत किन राख्ने? जुन सरकारले विदेशबाट शव ल्याउँदै उसले रेमिट्यास कुनै पन अधिकार छैन,” उनले भने ।

श्रमको अधिकार संविधानले दिएको भन्दै उनले शव ल्याउन नसक्ने सरकाले रेमिट्यान्सले देश चलाएको भन्दै आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्