विश्वमा कोरोना भाइरस संक्रमण (कोभिड –१९) बाट तीन करोड २६ लाखभन्दा बढी संक्रमित भएका छन् । लगभग दश लाख मानिसको मृत्यु भइसकेको छ । संक्रमण र मृत्युको आँकडा प्रत्येक दिन थपिँदै गएको छ । धेरै देशका वैज्ञानिकले कारोना विरुद्धको भ्याक्सिनबनाउने प्रयास गरेपनि सफलहुन सकेका छैनन् । विश्व स्वस्थ्य संगठन संक्रमण फैलन नदिन जारी गरेको स्वास्थ्य निर्देशिका पालना गरेर शतर्क रहनुको विकल्प छैन ।
लकडाउन, निषेधाज्ञा, सामाजिक दुरी, मास्कको प्रयोग, स्यानिटाइजर, साबुनपानीले हातधुने, रोग प्रतिरोधी क्षमता बढाउन व्यायाम र तातो झोलिलो पदार्थ खानु मानिसको जीवनशैली बनेको छ । मानिस कोरोनाले भन्दामानसिक रुपमा बढी त्रसित छन् । कोरोना संक्रमित समाज र छिमेकीबाट हुने दुव्र्यवहारले मानसिक पीडा दिएको छ ।
रोजगारको सिलसिला,अध्ययनलगायतको सिलसिलामा लाखौँ नेपाली विदेशमा छन् । विदेशी भूमिमा धेरै नेपाली कोरोना संक्रमणको शिकार भएका छन् । वैदेशिक रोजगारमा गएका लाखौँ नेपाली स्वदेश फर्कन चाहेर पनि फर्कन सकेका छैनन् । हजारौँ नेपाली विदेशी भूमिमा संक्रमणको शिकार भएका छन् । कोरोना संक्रमणको त्रास त छँदै छ, त्यसमा रोजगार र घरपरिवारको चिन्ताले पिरोलिएका छन् । उनीहरुले रोगको भन्दा बढी मानसिक तनाव बेहोर्नु परेको छ । वैदेशिक रोजगारमा गएका केही संक्रमित नेपालीसँग सजिलो खबरका तर्फबाट नबिना कुइँकेलले गरेको सम्वादको सम्पादित अंश ।
कुराकानी गरिएका नेपालीमध्ये वैदेशिक रोजगारीमा साउदी अरबको जिजान शहर पुगेका एकफेशन स्टोरको एसिस्टेन म्यानेजरमा कार्यरत इलामका एक युवा सँग गरिएको कुराकानीः
म साउदीको जिजान शहरमा रहेको फेशन स्टोरमा कार्यरत छु । यहाँ दैनिक रुपमा मसँग धैरै नै मानिसको प्रत्यक्ष रुपमा भेट हुन्छ । यहाँ आउने मानिस लगभग ६० प्रतिशत साउदीकै स्थानीय र ४० प्रतिशत अन्य देशका नागरिक हुन्छन् । पहिले हाम्रो कम्पनीमा कार्यरत साउदीकै स्थानीय कर्मचारीलाई कोरोना पोजिटिभ देखियो । यहाँ कन्ट्राक ट्रेसिङको आधारमा भन्दा पनि लक्षण देखिएकालाई मात्र परीक्षण गर्ने गरिन्छ । मलाईपनि घाँटी दुख्न थाल्यो । ज्वरो भने थिएन। तर पनि लक्षण देखिएकाले परीक्षण गरियो । मलाई सामान्य अरु बेलालाग्ने टन्सिल जस्तै होला कोरोना पक्कै होइन भन्ने थियो । त्यसैले टन्सिलको औषधी सेवन गरेर म डिउटी जान थाले ।
तीन दिनपछि काम गरिरहेको समयमा फोन आयो । तपाई कहाँ हुनुहुन्छ रु तपाईलाई कोरोना पोजेटिभ देखिएको छ भन्दा म एकदम नर्भस भएँ, डर लाग्यो । डिउटीमै भएकाले काम पनि धेरै नै थियो र डिउटीको समय सक्किन दुई घण्टा बाँकी थियो । डिउटीको समयभर कसैलाई पनि भनिन । जब कोठा पुगेर फ्रेस भएपछि मात्रफोन गरेर कम्पनीमा जानकारी दिएँ । कम्पनीले भने अनुसार नजिकै कतै होटल नभएकाले म कोठामै क्वारेन्टिनमा बसँे । क्वारेन्टिनमा बस्दा आफ्नै नजिकको साथीहरुमा व्यवहार परिवर्तन देखेँ । टाढा भाग्ने, नबोल्ने गर्दा धेरै नै एक्लो महसुस भयो ।
कम्पनीले खानाको व्यवस्था गरेपनि खाना ढोकामाल्याएर छोडिदिने । गइसकेपछिमात्र खाना ल्याएर एक्लै खादा धेरै नै नराम्रो लाग्थ्यो । कोरोना लाग्दा शारीरिक पीडा भन्दा पनि अरुले म प्रति गरेको व्यवहार र नेपाल (घर)मा ढाँट्दाको मानसिक पीडाले धेरै सताउँथ्यो । म ११ दिन रुम क्वारेन्टिनमा बसे । मलाई घाँटी दुख्न निको भयो । डाक्टरको सल्लाह अनुसार नै पुनः परीक्षण नगराई नै म काममा फर्किएँ । यहाँ लक्षण नदेखिएकालाई परीक्षण गर्ने चलन छैन । मलार्इ निको भएको एक महिना भयो । आजसम्मकुनै लक्षण देखिएको छैन । मेरो भोगाइमा तातो र समयमै स्वास्थ्य खानेकुराका सेवनले कोरोनालाई सजिलै जित्न सकिने रहेछ भन्ने लाग्यो ।
वैदेशिक रोजगारीको सिलसिलामा कतारको दोहा (अलगरफा एरियामा) पुगेका अलसरैया सेक्युरिटी कम्पनीमा क्लिनिङको टिमलिडरको रुपमाकार्यरत झापाका अर्का युवा कोरोना संक्रमणकै कारण अस्पतालमा एक हप्तासम्मएक्लै एउटा कोठामा बस्दाको अनुभव यसरी सम्झन्छन्ः
म डिउटी जान आउन प्रयोग गर्ने गाडीको चालकलाई कोरोना संक्रमण भएपछि हामी सबैको परीक्षण गर्नुपर्ने भयो । स्वाब दिएर अस्पतालबाट फर्किएकै दिनबाट मलाई ज्वरो आउने (लक्षण देखिन) थाल्यो तर रिपोर्ट नआउञ्जेल पनि कोरोना नै हो भन्ने लागेको थिएन । चार दिनपछि आठ जनामध्ये छ जनाको रिपोर्ट पोजेटिभ आयो । मनमा थोरै खिन्नतार डर भयो तर, आत्तिनु हुँदैनभन्ने थाहा थियो । आत्मबल बढाए चाँडो निको हुन्छ भन्ने सुनेको थिएँ ।
त्यसपछि क्वारेन्टिनमा बसियो । मलाई क्वारेन्टिनमा बस्दा झनझन साह्रो हुन थाल्यो । ज्वरो आउने, खाना पटक्कै नरुच्ने, वान्ता हुने, सास फेर्न गाह्रो हुने भएपछि मलाई अस्पताल लगियो । सामान्य चेक जाँच गरेपछि ठिक छ क्वारेन्टिनमा नै बस्नु भनेर पठाइयो ।
त्यसको दुई तीन दिनमा अझ साह्रो पर्न थाल्यो र पुनःपहिले लगेकै अस्पताल लगियो । चेकजाँच गरेपछि थप उपचारको लागि अर्कै कोभिड अस्पतालमा लगियो । त्यहाँ लाँदाचापहँ अब अन्तिम स्थितिमा पुगिने भएछ भन्ने महशुस भयो । त्यहाँ एक हप्तासम्म एउटा कोठामा एक्लै राखेर उपचार गरियो । अस्पतालमा एकदमै राम्रो हेरचाह र उपचार भयो । विदेशीभूमिमा रहे पनि बिरामीपर्दा हेरचाहगर्ने मानिसको अभावको भने महशुस भएन । मैले नेपालमा (घरमा) क्वारेन्टिनमा जाँदा नै सामान्यहो भनेर सुनाएको थिए ।
घरमा मानसिक तनाब हुन्छ भनेर आफूलाई जति पीडा थियो, सबै सुनाएको थिइनँ । आफूलाई साह्रो पार्दा पनि घरमा ठिकै छ भनेर ढाँट्दा पीडा हुँदो रहेछ । ११ दिनक्वारेन्टिन, एक हप्ता अस्पताल र अस्पतालबाट निस्केर पुन छ दिन रुम क्वारेन्टिन बसेपछि मात्रमलाई निको भएको हो । निको भएको अहिले तीन महिनासम्म फेरि कुनै लक्षण देखिएको छैन । मलाई संक्रमण भएपछि समग्र रुपमा कोरोना एउटा रोग हो यसलाई हेलचेक्र्याइँ गर्यो भने ज्यान जान सक्ने रहेछ । तर, सतर्क भएर कामगर्दा हुने रहेछ । डराउनु, भाग्नु पर्नेरोग होइन रहेछ भन्ने लाग्यो ।
कतारको सोही कम्पनीमा अप्रेसन कोअडिनेटर रुपमा कार्यरत झापाका अर्का एक युवकको कारोना संक्रमण हुँदाको अनुभव भने छुट्टै छ । उनलाई दुई पटक कोरोना पोजेटिभ देखिँदाको अनुभव यसरी सुनाउँछन्ः
म कतारको दोहा अलगरफा एरियामा रहेको अलसरैया सेक्युरिटी कम्पनीमा अप्रेसन कोअडिनेटर रुपमा कार्यरत छु । कामका क्रममा मसँग दैनिक धेरै मानिसको प्रत्यक्ष रुपमा भेट हुन्छ । कोरोना भाइरसको जोखिमबाट म अछुतो रहन सकिनँ । मेरो दुई पटकसम्म कोरोना रिपोर्ट पोजेटिभ आयो । अरुतिर धेरै सुने पनि हाम्रो कम्पनीको पहिलो पटक देखिएका १३ जना संक्रमित मध्ये म एक जना थिए । पहिलो पटक नै संक्रमण देखिँदा मानिसबाट अलिक फरक व्यवहार पाएँ।
कम्पनीको क्लिनरलाई कोरोना संक्रमण देखिएपछि मैले पनि परीक्षण गराएँ । मलाई केही लक्षण देखिएको थिएन। तर, मेरो रिपोर्ट पोजेटिभ आयो । त्यस पछि कम्पनीको क्वारेन्टिनमा १५ दिन बसे । पुनः परीक्षण गराउन जाँदा रिपोर्ट नेगेटिभ आयो । म १५ दिनक्वारेन्टिनमा बस्दा मैले कुनै पनि किसिमको औषधी सेवन गरिन । किनकि मलाई कुनै लक्षण नै देखिएको थिएन । मात्रै खानेकुरामा ख्याल राखेँ । मलाई खाना डेराबाट नै तीन जना भाईहरु मिलेर ल्याइदिन्थे । तर,दुई जनामा पहिलेको व्यवहार र कोरोना संक्रमण भएपछिको व्यवहारमा फरक पाएँ ।
कम्पनीको अन्य साथीहरु पनि धेरै नै तर्किने, अलिक छिःछिः दुरदुरको व्यवहार गर्दथे । मलाई नराम्रो लाग्थ्यो, रिस पनि उठ्थ्यो । सुरक्षित भएर नजिक आउँदा र सामान्य व्यवहार गर्दा केही हुँदैन जस्तो लाग्थ्यो । मलाई लक्षण नदेखिएकाले मानसिक रुपमा तनाब भएन । क्वारेन्टिनबाट फर्किदा कम्पनीका धेरैलाई कोरोना लागिसकेको थियो । कामगर्ने कामदारको अभाव भएकाले म काममा फर्किए । अलिक समयपछि धेरै नै कोरोना संक्रमित बढेकाले पुनः परीक्षण गराउन कम्पनीले आग्रह गरेकाले लक्षण नदेखिएपनि पुनः परीक्षण गराए । रिपोर्ट पोजेटिभ आयो । धेरैलाई संक्रमण भएकाले र पहिलेको अनुभवसमेत रहेकाले दोस्रोपटक पहिलो भन्दाअलिक सजिलो भयो । कसैले पनि पहिलोको जस्तो व्यवहार गरेनन् । किनकि धेरैलाई संक्रमण भइसकेको थियो ।
व्यक्तिगत अनुभव सुनाइसकेपछि कतार सरकारले विदेशी कामदारलाई कस्तो व्यवहार गर्छ ? त्यहाँका स्थानिय नागरिकले विदेशी नागरिकलाई कोरोना लाग्दा कस्तो व्यवहार गर्छन ?भ न्ने प्रश्नमा उनी भन्छन्, कतारमा धेरै राम्रो सिस्टम छ । यहाँ विदेशी कामदार र स्थानीय नागरिकमा केही भेदभाव छैन । सबैलाई समान व्यबहार छ । कोरोना संक्रमण हुँदा सबै उपचार खर्च कम्पनीले व्यहोर्छ । तर, काममा नगएको दिनको भने तलब दिँदैन ।
हस्पिटलमा पनि धेरै नै राम्रो व्यवहार र उपचार हुन्छ । यहाँ कोरोना संक्रमित धेरै हँदा पनि मृत्यु हनेको संख्या कम छ । कतारमा इथराज भन्ने एप्लिकेशन छ । यो एप्लिकेशन कतारमा रहेका सबैले राखेका छन् । त्यो एप्लिकेशनले आफ्नो वरिपरि (१–२ मिटर नजिक) कोही कोरोना संक्रमित छ भने आफ्नो मोबाइलमा शतर्क रहन आग्रह गर्दै नोटिफिकेसन दिन्छ । त्यो नोटिफिकेसन आएपछि यहाँमानिस सामाजिक दुरी कायम राख्छन् र अन्य सावधानी अपनाउँछन् ।
यो एप्लिकेसनले आफ्नो परीक्षणको नतिजा समेत दिन्छ । चारवटा रङको संकेत हुन्छ ।
हरियो रङले स्वस्थ रहेको भन्ने बुझाउँछ । पहेलो रङले क्वारेन्टिनमा बस्नु भन्ने बुझाउँछ । खरानी रङले खतरा (कोरोनाको उच्चजोखिमा) रहेको बुझाउँछ भने रातो रङले कोरोना संक्रमितभन्ने बुझाउँछ । स्वाबदिएर रिपोर्ट नआउन्जेल पहेलो रङमा रहन्छ । रिपोर्ट आएपछि रिपोर्ट अनुसारको संकेत दिन्छ । यो एप्लिकेशनले गर्दा धेरै नै सहज र सुरक्षितभएको महशुस हुन्छ । यो रोगबाट डराएर भागेर अफवाह फैलाएर यसलाई भयावह बनाउनु भन्दा यसलाई सामान्य ठानेर तर सुरक्षित भएर बाँच्न उचित रहेछ भन्ने मेरो अनुभवको निष्कर्ष छ ।