Logo

विदेशमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्था छिट्टै गर्छौँ: प्रधानमन्त्री



काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा बस्ने नेपाली नागरिकलाई पनि मताधिकारको व्यवस्था गरिने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले विदेशमा बस्ने नेपाली नागरिकलाई चाँडै यो अवसर सिर्जना गरिने बताए ।

“छिट्टै नै विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानमा सहभागी हुन पाउने निर्णय हामी गर्दैछौँ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्