Logo

विदेशी ऋण भुक्तानी गर्न अस्थायी रोक



श्रीलङ्का, २९ चैत । श्रीलङ्काले विदेशी ऋण भुक्तानीमा अस्थायी रोक लगाएको छ ।

विदेशी मुद्रा सञ्चिति कम भएपछि तत्कालका लागि विदेशी ऋणको ब्याज तथा किस्ता भुक्तानीमा रोक लगाएको गभर्नर पी.नन्दलाल वीरासिंघेलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

गभर्नरले आज मङ्गलवार पत्रकार सम्मेलन गरेर ऋण तिर्नका लागि प्रयोग हुने विदेशी मुद्राले केही समयका लागि इन्धन, खाद्यान्नलगायतका वस्तु खरिद गर्न सक्ने भएकाले ऋण तिर्ने कामलाई स्थगित गरेको बताएका छन् । अहिले ऋण भुक्तानी असम्भव अवस्थामा आइसकेकोले यस्तो निर्णय गर्नुपरेको उनको भनाइ छ ।

श्रीलङ्कामा खाद्यान्न र औषधिको अभावसँगै लामो समयदेखि विद्युत् कटौती हुँदा त्यहाँका नागरिकको जनजीवन कष्टकर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्