Logo

विदेशी मुद्राको भाउ ओरालो, अमेरिकी डलरदेखि दिनारसम्म सस्तियो



काठमाडौं, २३ जेठ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ। पछिल्ला केही दिनदेखि निरन्तर उकालो लागेको अमेरिकी डलर, युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारलगायत मुद्राको भाउ शनिबार घटेको हो।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा कायम भएको छ। अघिल्लो दिन यसको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा रहेको थियो।

यस्तै, युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ। पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा कायम भएको छ।

अस्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा तोकिएको छ। त्यस्तै, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ९१ पैसा तथा बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको विनिमयदर जेठ ७ गते हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यस दिन डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा रहेको थियो।

केन्द्रीय बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारीका लागि सम्बन्धित बैंक वा राष्ट्र बैंकको वेबसाइट हेर्न आग्रह गरिएको छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया दिनुहोस्