काठमाडौं, १६ जेठ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। नयाँ दरअनुसार अमेरिकी डलरसहित अधिकांश प्रमुख विदेशी मुद्राको मूल्य घटेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। शुक्रबार डलरको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा रहेको थियो।
युरोको विनिमयदर पनि घटेको छ। आज युरो १ को खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा तोकिएको छ। शुक्रबार यसको खरिददर १७७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७८ रुपैयाँ १३ पैसा थियो।
त्यस्तै, पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ५९ पैसा र बिक्रीदर २०४ रुपैयाँ ३९ पैसा कायम गरिएको छ। अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ।
कुवेती दिनार र बहराइन दिनारको मूल्यमा पनि गिरावट आएको छ। कुवेती दिनार १ को खरिददर ४९४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ६१ पैसा रहेको छ भने बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।
यसअघि जेठ ७ गते अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यस दिन डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम भएको थियो।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर केही फरक हुन सक्ने भएकाले अद्यावधिक विवरणका लागि सम्बन्धित बैंक वा राष्ट्र बैंकको वेबसाइट हेर्न आग्रह गरिएको छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर









