काठमाडौं, २१ जेठ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ। अघिल्लो दिन वृद्धि भएको विनिमयदर आज पनि उकालो लागेको हो।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम भएको छ। बुधबार यसको खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा रहेको थियो।
युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा पुगेको छ भने पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ६२ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ।
अस्ट्रेलियन डलरको विनिमयदर पनि बढेको छ। आज एक अस्ट्रेलियन डलरको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा कायम भएको छ।
खाडी मुलुकका मुद्रामा पनि उल्लेखनीय वृद्धि देखिएको छ। कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १७ पैसा र बिक्रीदर ५०० रुपैयाँ १३ पैसा पुगेको छ भने बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ३० पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८९ पैसा कायम भएको छ।
राष्ट्र बैंकले विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने र अद्यावधिक विनिमयदर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहने जानकारी दिएको छ।








