Logo

विदेशी मुद्रा फेरि महँगियो: अमेरिकी डलरदेखि पाउन्डसम्म अधिकांश विनिमयदरमा वृद्धि



काठमाडौं, २९ जेठ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ, जसअनुसार अमेरिकी डलर, युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्यमा वृद्धि भएको छ।

हिजो र अस्ती लगातार घट्दै आएका यी मुद्राहरू आज पुनः महँगिएका हुन्।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा तोकिएको छ। हिजो यसको खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा थियो।

युरो १ को खरिददर आज १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२ पैसा रहेको छ भने हिजो १७५ रुपैयाँ ६१ पैसा र १७६ रुपैयाँ ३० पैसा थियो।

त्यसैगरी पाउन्ड स्ट्रलिङ १ को खरिददर आज २०४ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०५ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ। हिजो यसको मूल्य क्रमशः २०३ रुपैयाँ ६२ पैसा र २०४ रुपैयाँ ४२ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर आज १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा रहेको छ। यो मुद्रा विगत केही दिनको गिरावटपछि आज फेरि उकालो लागेको हो।

त्यस्तै कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४०७ रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ।

केन्द्रीय बैंकले विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले लागू गर्ने दर भने फरक हुन सक्ने पनि उल्लेख गरिएको छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया दिनुहोस्