Logo

विदेशी सहयोगकाे सदुपयोग हुनुपर्छ: सभामुख



काठमाडौँ, ६ पुस । सभामुख देवराज घिमिरेले विदेशी सहयोगको सदुपयोग हुनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले विदेशी सङ्घसंस्थाहरूले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरू ल्याइरहने क्रम बढिरहेको भन्दै यसको निगरानी हुनुपर्ने बताएका हुन् ।

उनले वैदेशिक सहयोगको सदुपयोग ठिक ढङ्गबाट गर्नका लागि आमनागरिकको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताए ।

उनले भने, ‘अहिले विदेशी सङ्घसंस्थाहरूले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोग गर्ने क्रम बढिरहेको छ । तर त्यो हाम्रो आवश्यकता हो कि होइन, यसको बारेमा विश्लेषण गर्ने, त्यसलाई प्रणालीमा ल्याउने कुरा कसरी गर्नुपर्छ वा यसको महत्त्व के छ भन्ने बारेमा धेरै बहस छलफल नै हुँदैन । त्यसैले वैदेशिक सहयोगको सदुपयोग ठिक ढङ्गबाट गर्नका लागि आमनागरिकको पहुँचमा यी कुराहरू पुग्नुपर्छ । पहुँचमा पुर्‍याउने काम संसद् र नागरिकबाट छानिएका सांसदहरूको हो । आर्थिक उन्नति अथवा देशको विकास गर्नलाई वैदेशिक सङ्घसंस्थाहरूमार्फत, विभिन्न देशहरूमार्फत आइरहेका सहयोगहरूको निगरानी गर्ने कुरामा संसद् प्रभावकारी हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्