Logo

विद्यार्थीको प्रदर्शनका कारण नेपालगञ्जमा यातायात अस्तव्यस्त



नेपालगञ्ज, १८ पुस । विद्यार्थीको प्रदर्शनका कारण नेपालगञ्जमा यातायात अस्तव्यस्त भएको छ ।

ट्रकको ठक्करबाट ज्यान गुमाएका विद्यार्थीका आफन्त र सहपाठीले गरेको प्रदर्शनका कारण आज यातायात सेवा अस्तव्यस्त भएको हो ।

उनीहरूले चर्को नाराबाजीसहित धम्बोझी, कारकादौँ लगायतका ठाउँमा प्रदर्शन गरिरहेका छन् । समस्या समाधानका लागि बस व्यवसायी र पीडितबीच छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले बताए ।

शनिवार ना ७ ख १७ नम्बरको ट्रकको ठक्करबाट दैलेख स्थायी घर भइ नेपालगञ्जको होप स्कुलमा कक्षा १२ मा अध्ययनरत रत्नबहादुर दर्लामीको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्