
काठमाडौँ, १० जेष्ठ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने शिक्षकलाई कारबाही गर्न माग गरेको छ ।
नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञप्ति जारी गरी विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने सेन्ट लरेन्स कलेजका शिक्षकलाई कारबाही गर्न माग गरेका हुन् ।
“कलेजमा शान्त, स्वच्छ र भयरहित वातावरणमा विद्यार्थीले पढ्न पाउने अधिकारको उक्त घटनाले हनन गरेको छ”, अध्यक्ष शेर्पाले भने । उनले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानूनबमोजिम कारबाही गर्नसमेत सरकारसँग माग गरेका छन् ।
नेविसङ्घले सबै विद्यालय तथा क्याम्पस प्रशासनलाई विद्यार्थीलाई भयरहित तथा शान्तिपूर्ण वातावरणमा अध्ययन गर्न पाउने वातावरणको सिर्जना गर्न अपिलसमेत गरेको छ ।






