Logo

विद्युत् खपत बढाउन सके आर्थिक विकास हुन्छ: अर्थमन्त्री



काठमाडौँ, २२ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले ऊर्जाको खपत बढाउन सके आर्थिक विकास गर्न सकिने बताएका छन् ।

आज आयोजित फिन इलेक्ट्रो टेक-२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकभित्रै विद्युत्को खपत बढाउनुपर्ने र यसले व्यापार घाटा कम गर्न समेत सहयोग गर्ने बताए । उनले विद्युत्को क्षेत्रमा भएको लगानीको प्रतिफल लिने समय आएको समेत बताए ।

उनले पछिल्लो समय कोरोना महामारी र रसिया-युक्रेन युद्धका असरका कारण लगानीमाथिको गुणात्मक प्रतिफल पाउन नसकिएको बताए । उनले विद्युत् बिक्री गर्नेभन्दा पनि खपतमा जोड दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्