Logo

विद्युत् प्राधिकरण जुन बाटो हिँडेको छ त्यो ठिक छ: मन्त्री बस्नेत



काठमाडौँ, २४ पुस । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन विद्युत् प्राधिकरणले गरिरहेको काम ठिक भएको बताएका छन् ।

मंगलबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै प्राधिकरणको बक्यौता उठाउने लाइन ठिक भएको बताएका हुन् ।

“विद्युत् प्राधिकरणले अहिले जुन बाटो लिएको छ । त्यो एकदमै ठिक छ । अर्को बाटो नैै थिएन,” उनले भने, “विद्युत् नियमन आयोगको निर्णयले केही दुविधा देखाएको भए पनि अहिले गरेका निर्णय ठीक छन् ।”

उद्योगीहरूले प्राधिकरणको निर्णयअनुसार नै बक्यौता तिर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्