Logo

विद्युत् हुकिङ गर्ने आठ जना पक्राउ



वीरगञ्ज, १८ फागुन । हुकिङ गरी विद्युत् ोरी गर्ने आठ जनालाई मंगलवार पर्साको पोखरीयाबाट पक्राउ गरिएको छ ।

चुहावट नियन्त्रण गर्न खटिएको विद्युत् प्राधिकरण वितरण केन्द्र पोखरीयाको टोलीले हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा आठै जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा विन्दावासिनी गाउँपालिका बहुवर्वाका अजय राम, सखुवाप्रसौनी गाउँपालिका लखनपुरका जगदीश कमकर, सोही गाउँपालिका सखुवनियका शम्भु महतो थारु, जिराभवानी गाउँपालिका सखुवनियाका रामशरण माझी, हरैयाका शिवनारायण चौधरी, नौकाटोलाका ब्रह्मान्द महतो थारु, ठग पजिंयार र जगरनाथपुर गाउँपालिकाका जगरमियाँ अन्सारी रहेको रहेको वितरण केन्द्र पोखरीयाका प्रमुख जगन्नाथ झाले जानकारी दिए ।

सो क्रममा एक थान फ्रिज, पङ्खा र मोटर बरामद गरिएको प्रमुख झाले बताए ।

प्रतिक्रिया दिनुहोस्