Logo

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुङ्ग्याउनुपर्छ: प्रचण्ड



काठमाडौँ, २९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई राजनीतिक पूर्वाग्रह भन्दा टाढा रहेर टुङ्गो लगाउनुपर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको मानवअधिकार समितिको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमाथिको छलफलका क्रममा प्रचण्डले विस्तृत शान्ति सम्झौता कानुनी भन्दा पनि राजनीतिक सम्झौता भएको भन्दै राजनीतिक सहमतिका आधारमा विना पूर्वाग्रह सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुङ्गो लगाउनुपर्ने बताएका हुन्।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा सबैको चिन्ता र चासोको विषय भएको र यसमा कोही पक्ष र विपक्ष हुन जरुरी नभएको उनले बताए । प्रचण्डले समस्या बल्झाउनेका साथ विधेयकमा कुनै शब्द राख्न खोजे दुर्भाग्यपूर्ण हुने जिकिर गरे। उनले विधेयकमा शब्द जस्तोसुकै राखे पनि भोलिका शक्ति सन्तुलनले नै कार्यान्वयन गर्ने महत्त्वपूर्ण हुने बताए । प्रचण्डले मानवअधिकारको गम्भीर उल्लंघनका मुद्दामा अदालतले गर्ने फैसलाविरुद्ध अपिलमा जान सक्ने व्यवस्था राख्नुपर्ने समेत बताए।

प्रतिक्रिया दिनुहोस्