Logo

विनियोजन विधेयकअन्तर्गत शीर्षकमा आजदेखि मन्त्रीले जवाफ दिने



काठमाडौँ, ३० जेठ । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकअन्तर्गत शीर्षकमा आजदेखि मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाको आज बिहान ११ः०० बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्