Logo

विपद व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआओस्: गृहमन्त्री



काठमाडौँ, २९ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनालाई शून्य बनाउन नसकिने तर न्युन भने गर्न सकिने बताएका छन् ।

गृह मन्त्रालमया आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले त्यसका लागि सबै निकायबीच सामूहिक प्रयासको खाँचो रहेको औँल्याएका हुन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्षसमेत रहेका उनले भने, “विपद्लाई शून्य बनाउन सकिन्न, न्यून गर्न सक्छौँ, त्यसका लागि अगाडि नै सही व्यवस्थापन गर्नुपर्छ, सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था छ ।” उनले यथास्थिवादी सोचले मात्रै काम गर्न नसकिने स्पष्ट पारेका थिए ।

उनले विपद् जोखिम व्यवस्थापनको तयारीमा कमी भएको गुनासा रहेकाले आवश्यक पूर्वतयारीलाई प्रभावकारी बनाउन सरोकारराख्ने मन्त्रालय र निकायका अधिकारीहरुको ध्यानाकर्षण गराएका थिए । “भएका निर्णय ठीक ढङ्गले कार्यान्वयन नभएर वा तयारी नपुगेर विपद व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआवोस्”, बैठकमा उनले भने ।

प्रतिक्रिया दिनुहोस्