Logo

विपन्न परिवारका दुई जनालाई ठेला भ्यान वितरण



झापा, १२ फागुन । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण गरेको छ ।

वडाले विपन्न रोजगार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो ।

ठेला भ्यान पाउनेहरुमा स्थानीय लक्ष्मी राजवंशी र गोमादेवी पोख्रेल गौतम रहेका छन् । उनीहरुलाई ३५ हजार गोटाका ठेला भ्यान वितरण गरेको वडाध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

मागका आधारमा राजवंशी र गौतमलाई ठेला भ्यान वितरण गरीएको वडासचिव टिका अधिकारीले बताइन् ।

वडाबाट ठेला भ्यान पाएपछि आफुलाई गरिखानका लागि सहयोग पुगेको गौतमले बताएकी छन् । श्रीमान् वितेपछि परिवार पाल्न सकस व्यहोर्दै आएकी गौतमले अब यसमा चटपटे लगायतका परिकार बेच्ने भन्दै खुशी व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्