Logo

विपन्न परिवारलाई खाद्यान्न वितरण



दमक, १७ असोज। झापाको दमक नगरपालिकाले अति विपन्न तीन सय घरपरिवारलाई दैनिक उपभोग्य खाद्य सामग्री उपलब्ध गराएको छ । विपन्न पहिचान कार्यविधि अनुसार वडाले सिफारीस गरेका आधारमा चामल, नुन, तेल, दाल लगायतका खाद्य सामग्रीहरु उपलब्ध गराइएको नगर प्रमुख रामकुमार थापाले बताउनुभयो ।

नगरपालिकाका अनुसार जनही पाँच हजार २ सय ५० मूल्य बराबरको खाद्य सामग्रीहरु उपलब्ध गराएको हो । उहाँका अनुसार वितरण गरिएको राहत सामग्रीहरुमा ५० केजी मन्सुली चामल, २ केजी मुसुरो दाल, २ लिटर खानेतेल, २ केजी नुन, ५ थान साबुन रहेको छ ।

साबुन ५ पिस उपलव्ध गराइएको हो । खाद्यान्न घरघरसम्म ढुवानीका लागि लक्षित परिवारलाई रु २ सय रुपियाँ समेत प्रदान गरिएको थियो । चाडपर्वको मुखमा यसरी दैनिक अति आवश्यकीय खाद्यन्न पाएपछि अति विपन्न परिवार खुशी बनेका छन् ।

खाद्य सामग्री घरसम्म पुर्याउन र लिन आउनका लागि २ सय रुपियाँ यातायता खर्च पनि उपलब्ध गराइएको नगर उपप्रमुख रेगिना भट्टराईले जनाउनुभयो। नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘जहाँ विपन्न त्यहाँ खाद्यान्न’ भन्ने कार्यक्रम ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्