Logo

विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी: परराष्ट्रमन्त्री



काठमाडौँ, ७ पुस । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आतङ्कवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताएका छन् ।

न्यूज लाइन्स मिडियाको आठौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा उनले विपीनको रिहाइका लागि सरकारले पहल गरिरहेको बताएका हुन् ।

परराष्ट्रमन्त्री साउदले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको बताए ।

“प्रजातन्त्र पुन:स्थापनापछि नेपाली पत्रकारिता संस्थागत भएको छ, प्रजातान्त्रिक मुलुकमा पत्रकारितालाई चौथो अङ्गका रुपमा राज्यले मान्यता दिएको छ”, परराष्ट्रमन्त्रीले भने । उनले संविधान जारी गरेपछि तीनै तहको निर्वाचन गरेर सरकार लोकतन्त्रलाई सुदृढ तुल्याउन क्रियशाील भएको बताएका हुन् ।

उनले जलवायु परिवर्तनको मुद्दा र शान्ति प्रक्रियालाई टुङ्गो पु¥याएको विषयमा नेपालले विश्वसँग स्पष्ट ढङ्गले कुरा गरेको स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्